साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अझै सक्रिय छन् : अध्यक्ष ओली « Khabarhub

साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अझै सक्रिय छन् : अध्यक्ष ओली


२३ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ मध्यपुर थिमि नगर कमिटिले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउनेहरुले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताएका हुन् ।

ओलीले सामाजिक सुप्रबन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरुको विशेष महत्व रहेको बताए । उनले मुलुकको अवस्थामा परिवर्तन ल्याएपनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राखे ।

ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरुमाथि कुटपिट गरेको र त्यसको समस्या समाधन गर्न आफू जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहरिने खतरा कायमै रहेको बताए ।

उनले आयातित वस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे । मुलुकका उत्सव चाडपर्वहरुले आफ्ना खुट्टामा आफैँ उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ५ : ५४ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको