मुलुकमा एकता र सद्भाव आवश्यक छ : नेता कार्की « Khabarhub

मुलुकमा एकता र सद्भाव आवश्यक छ : नेता कार्की


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इनरुवा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा एकता र सद्भाव आवश्यक रहेको बताएका छन् ।

नेपाल मुस्लिम संघ सुनसरीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री कार्कीले एकता र सद्भावबाट विकास तथा निर्माण गर्न सहज हुने बताए ।

मुलुकमा सबै जातजाति, भाषाभाषी, संस्कृति, साम्प्रदायिक विकास भएमात्र दिगो शान्ति र विकास हुनसक्ने भन्दै उनले त्यसतर्फ सबै अग्रसर हुन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस र लोकतन्त्रको भविष्य रहेकोले सुन्दर नेपाल निर्माण गर्नका लागि आन्तरिक र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले मुलुकको स्थिरता दिनका लागि समृद्धि, विकास र निर्माणको गति दिनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री कार्कीले विभिन्न आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै भावनात्मक एकताले सबैलाई जोड्ने काम गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ४० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु