‘जवान’ को सुरुवाती व्यवसाय राम्रो, पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डसमेत भंग « Khabarhub

‘जवान’ को सुरुवाती व्यवसाय राम्रो, पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डसमेत भंग


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- अभिनेता शाहरुख खान र अभिनेत्री नयनतारा अभिनित फिल्म ‘जवान’ ले राम्रो सुरुवाती व्यवसाय गरेको छ । जवानले पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको यसअघिको रेकर्ड समेत तोडेको छ ।

फिल्मको सफलता र फ्यानबाट मिलेको मायाको प्रतिक्रियामा अभिनेता शाहरुख खानले पनि फ्यानप्रति आभार व्यक्त गर्दै धन्यवादसमेत दिएका छन् । फिल्मका निर्देशक एटलीले पनि सफलताको श्रेय दर्शक र अभिनेता शाहरुखलाई दिएका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जवानको सफलताका श्रेय शाहरुख खान र फिल्मलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद ।’ उनले हर कुनै व्यक्तिले शाहरुख खानलाई माया गर्ने समेत बताए ।

जवान गत ७ सेप्टेम्बर रिलिज भएको हो । रिलिजको दिनबाटै समर्थकले चलचित्र घर र बाहिर नाचेको, पटाका फोरेको र रंगहरु छरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । अहिले गरिरहेको आम्दानीबाट फिल्म एक मेगा ब्लकबस्टर साबित हुने अनुमान गर्न सकिन्छ ।

फिल्ममा शाहरुख खानको अलवा नयनतारा, विजय सेतुपति र रिद्धि डोगराको भूमिका छ । दीपिका पादुकोण पनि फिल्ममा अतिथि भूमिकामा देखिएकी छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ५२ बजे

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ।