प्रदेशमा प्रहरी समायोजन हुन सकेनः मन्त्री श्रेष्ठ « Khabarhub

प्रदेशमा प्रहरी समायोजन हुन सकेनः मन्त्री श्रेष्ठ


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भएको बताए । गठबन्धन सरकार बन्दै गर्दा छ महिनाभित्र प्रहरी समायोजन गर्ने कार्ययोजनामा उल्लेख भएको भन्दै उनले यसै महिनाभित्रमा समायोजन हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल प्रहरीका कार्यगत गुनासा धेरै आएको भन्दै उनले आफ्नो कार्यशैली सुधार गर्न निर्देशन दिए । उनले भने, “आफ्नो कार्यशैली सुधार गर्नुहोस्, प्रहरीमा सेवा लिन आउने सेवाग्राहीले सन्तोषपूर्ण वातावरणमा फर्किने वातावरण सिर्जना हुन जरुरी छ ।”

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले भवन बनेसँगै ट्राफिक प्रहरीलाई काममा सहज हुने बताए ।

बागमती प्रदेश प्रहरीका प्रहरी उपरीक्षक ई ईश्वर थापाले निर्माण प्रतिवेदन प्रस्तुत गर्दै बागमती प्रदेश सरकारको सहयोगमा रु तीन करोड ५३ लाख २२ हजार तीन सय तीनमा भवन निर्माण गरिएको बताए ।

नवनिर्मित भवनमा कार्यालय, ब्यारेक, सोधपुछ कक्ष, भान्साघर, गोलघरसहित कम्पाउण्ड पर्खाल रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेको तीन बिघा आठ कट्टा जग्गामध्ये छ कट्टा जमिनमा दुई तले भवन निर्माण गरिएको हो । लामो समयदेखि भवनको अभावमा ट्राफिक कार्यालय भाडाको घरमा बस्दै आएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : १७ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन