इजरायलमा रहेका नेपालीको उद्दार तथा सहजीकरणको काम सुरु « Khabarhub

इजरायलमा रहेका नेपालीको उद्दार तथा सहजीकरणको काम सुरु


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्दार तथा सहजीकरहणको काम सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयका प्रवक्ता सेवा लम्सालसहिछ ६ जनालाई सम्पर्क व्यक्ति तोक्दै टेलिफोन नम्बर समेत उपलब्ध गराएको छ ।

मन्त्रालयले लम्सालसहित सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।

यस्तै, इजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।

सरकारले सम्बन्धित सम्पर्क व्यक्तिमार्फत इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि अनलाई रजिष्ट्रेसनको समेत व्यवस्था गर्दैछ ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अबिवस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण उपलब्ध गराइएकोले सम्बन्धित व्यक्ति मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले भनेको छ ।

हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मृतकको शव ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

No description available.

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र