प्राकृतिक सुन्दरता र जलवायु परिवर्तन | Khabarhub Khabarhub

प्राकृतिक सुन्दरता र जलवायु परिवर्तन

रेड माउन्टेन उत्खनन


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

ओरीगनको सीमा नजिकै नेभाडन मरुभूमिमा लिथियमको अखण्ड भण्डार छ। लिथियम त्यही पदार्थ हो, जो विद्युतीय कारको ब्याट्रीका लागि अति आवश्यक छ। राष्ट्रपति जो वाइडेन यसलाई उत्खनन गरेर बाहिर ल्याउन चाहन्छन्। तर उनमा एउटा गहिरो चिन्ता छ। एउटै राजनीतिक खेमामा रहेका समुदायलाई यसले विभाजित त गर्ने होइन भन्ने उनको सबै भन्दा बढी चासोको विषय हो।

वातावरणविद् र त्यस क्षेत्रका बासिन्दा त्यसको विष्फोट गर्ने कुरामा कदापि सहमत हुन सक्दैनन्। वाइडेनका विपक्षीका लागि त आलोचनाको विषय भइनै हाल्यो। स्थानीय तहदेखि नै वातावरणीय विकासको काममा सक्रिय रहेको ग्रेट बेसिन रिसर्च वाचका ग्लेन मिलर वातावरण समुदायको यसको पक्षमा रहने कुनै सम्भावना नै नरहेको बताउँछन्।

गत मार्चमा चार हजार मिटर उचाइमा रहेको थाकर पासमा उत्खनन गर्नेहरू पुगेका थिए। कुनै समय फुटेको विशाल ज्वालामुखीपछि सो स्थान बनेको थियो। अन्य ठाउँको माटो र अन्य खनिजको लेदो थुप्रिएर त्यहाँ पहाड नै बनेको थियो। धेरै वर्षपछिको कानुनी लडाइँपछि यो क्षेत्र उत्खनन गर्ने अधिकार लिथियम अमेरिकाले पाएको हो।

वाइडेनले विद्युतीय कारको नेतृत्व अमेरिकाबाहेक अन्य देशले गर्नु नहुने अडान राख्दै आएका छन्। त्यसका लागि सो खानीको उपयोग महत्त्वपूर्ण रहेको उनको मत छ।

अष्ट्रेलिया, चिली चीनबाट लिथियम आयात गर्ने गरेको अमेरिकाले यसलाई शतप्रतिशत निर्मूल गर्नुपर्ने कुरा गत वर्ष नै वाइडेनले बताएका थिए। केही वातावरणविदले भने खानी उत्खनन गर्नु अत्यन्त गलत रहेको प्रतिक्रिया दिँदै आएका छन्।

‘उत्खनन कार्य वातावरणका लागि अत्यन्त प्रतिकुल हो। यस कारण हामीले यसमा अनुमति दिनु अघि धेरै कुरा विचार गर्नुपर्ने हो’, ग्रेट बेसिनरिसर्च वाचका निर्देशक जोन हाडरले भने, ‘हामी खनिजको मागलाई आदतमा परिवर्तन गरेर मात्र पनि घटाउन सक्छौं। जलवायु परिवर्तनको अन्य काममा पनि हामी सचेत हुन छाडेका छौं।’

खानीकै विषयलाई लिएर हाडरको समूहमा पनि विभाजन भएको छ। मिलरले गत वर्ष नै जीवाश्म इन्धनलाई पूर्ण रूपमा विस्थापित गर्न विद्युतीय सवारी साधनको आवश्यकतामा जोड दिएका थिए। विद्युतीय सवारी साधनलाई विस्थापित गर्न लिथियमको आवश्यकता महत्त्वपूर्ण हो भन्ने ठहर उनले गरे पनि टोलीका अन्य सहकर्मीले साथ नदिएपछि राजीनामा दिएका थिए। यसबाट उनी निराश पनि भएका थिए।

मिलर नेभाडाका दीक्षित व्यक्ति हुन्। उनका धेरै अनुसन्धानका कामलाई लिथियम अमेरिकाले प्रायोजन गरेको जनाइएको छ। तथापि उनी उत्खननको पक्षमा आफूहरू रहनुको कारणमा त्यस प्रायोजनले कुनै काम नगरेको बताउँछन्।

लिथियम अमेरिकाका उपाध्यक्ष टिम क्रोली पनि आफूलाई वातावरणविद् नै भन्न रुचाउँछन्। उनी गत दुई दशकदेखि नेभाडाका उत्खननको पक्षमा वकालत गरिरहेका छन्। यी नामहरू मात्र होइन खानी उत्खननको पक्ष र विपक्षमा अन्य धेरै नामहरू छन्।

त्यहाँ सेन्टीनेन रक छ। यसको स्वरूपकै कारण स्थानीयहरूले यसलाई निपल रक पनि उपमान राखेका छन्। हरेक वर्ष रेड माउन्टेनका बासिन्दा त्यहाँ आएर थाकर पासमा मारिने आफ्नो पुर्खाहरूको स्मरण गर्न त्यहाँ पुग्ने गरेका छन्।

त्यस सोसन बेनोक र पियुटको त्यस क्षेत्रलाई सन् १८६५ मा अत्याचारकै क्षेत्रको रूपमा हेरिएको छ। पिपल अफ रेड माउन्टेनका काइरा फारेल स्मिथ त्यस समयमा अमेरिकी घोटचढीहरुले लखेटी लखेटी मान्छे मारेको इतिहास भएको बताउँछिन्। उनको विचारमा यो ऐतिहासिक क्षेत्र भए पनि कसैले पनि यसलाई मतलब नगरेको जिकिर छ।

सो जग्गा भूमि व्यवस्था विभागले लिएको छ। स्थानीय व्यक्तिबाट जबरजस्ती लिइएको गुनासो पनि धेरैको छ। स्थानीय व्यक्तिलाई नै यसको हेरचाह संरक्षणको जिम्मेवारी दिनुपर्ने मत पनि धेरैको छ।

लिथियम अमेरिकाले त्यस स्थानमा नरसंहार भएको कुनै इतिहास नभएको जिकिर गरेको छ। सोही जिकिरसहित कम्पनीले न्यायालयबाट उत्खननको अधिकार लिइसकेको छ। क्रोली पनि स्थानीयवासी नै त्यस खानीमा काममा सरिक भइसकेका तथा यसको पक्षमा रहेको बताउँछन्। दुर्गम मानिने सो क्षेत्रमा धेरै ज्यालाको कामको सम्भावना कम थियो। त्यसै समयमा लिथियम अमेरिकाले दिने ज्यालाले धेरैलाई मोहित पनि पार्न थालेको छ।

काइला जस्ता इतिहासको पक्षमा वकालत गर्नेका लागि यो अत्यन्त चित्त दुखाइको विषय हो। उनको विचारमा थाकर पासको इतिहास हरित औपनिवेशवादको एउटा पाठ्यक्रम नै हो।

विगतमा थाकर पासको इतिहास संरक्षण गर्ने सवालमा सबैको मत एक स्थानमा रहे पनि अहिले त्यो विषय ओझेलमा परेको छ। कारण प्रस्ट छ, अहिले जलवायु परिवर्तनको मुद्दा पनि सँगै उठेको छ।

यसरी जलवायु परिवर्तनको मुद्दाकै कारण यहाँ काम अघि बढे पनि तत्काल यसको नतिजा भने देखिँदैन। लिथियम तयार भएर मोटरमा यसको उपयोग हुनका लागि सन् २०२६ सम्म पर्खनु पर्ने हुन्छ। रेड माउन्टेनका मानिसलाई अर्को चिन्ता छ। अहिले लिथियम अमेरिकाले सुरु गरेको त्यो काममा विस्तारै अन्य कम्पनीले चासो देखाउन सक्छन्। धेरै खानी उत्खननको काम एकै पटक भएमा लगातारको विष्फोटको कारण उनीहरूको जीवन अझ कत्ति कष्टकर हुन्छ भन्ने भयले उनीहरू ग्रस्त छन्।

त्यहाँ धेरैको गुनासो छ, जलवायु परिवर्तनको नाममा यस्ता सुन्दर अन्य स्थानहरू पनि नास गर्दै जान मिल्छ या मिल्दैन भन्ने हो। यो प्राकृतिक सुन्दरता जलवायु परिवर्तनको लडाइँमा लिथियम अमेरिकाको हातमाथि परीसकेको छ। रेड माउन्टेनका बासिन्दा आफ्नो प्राकृतिक सुन्दरता गुमाउँदै छन्। स्रोतः बीबीसी

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ३० बजे

सालिकसहितको उद्यान निर्माण

गलकोट– बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य

श्रमिकको सुरक्षामा सांसदको चासो

काठमाडौं– फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले

ल्यापटप या कम्प्युटर स्लो भए यसाे गर्नुहाेस् 

काठमाडौँ– ल्यापटप या कम्प्युटर स्लो हुने आम समस्या जस्तै हाे

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत

फुङ्लिङ– नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको