इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न कांग्रेस नेता कोइरालाको आग्रह « Khabarhub

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न कांग्रेस नेता कोइरालाको आग्रह


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनामा घाइतेहरूको यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

यस्तै इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेको नेपालीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन इजरायलस्थित नेपाली दूतावास, इजरायल सरकारसँग समन्वय गर्न भनेका छन् ।

नेता कोइरालाले हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।

हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका छन् भने एकजना बेपत्ता र चारजना घाइते छन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ३७ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब