इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न कांग्रेस नेता कोइरालाको आग्रह | Khabarhub Khabarhub

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न कांग्रेस नेता कोइरालाको आग्रह


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनामा घाइतेहरूको यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

यस्तै इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेको नेपालीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन इजरायलस्थित नेपाली दूतावास, इजरायल सरकारसँग समन्वय गर्न भनेका छन् ।

नेता कोइरालाले हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।

हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका छन् भने एकजना बेपत्ता र चारजना घाइते छन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको