हमासको आक्रमणमा इजरायलमा ५७ सैनिक र ३४ प्रहरी मारिए « Khabarhub

हमासको आक्रमणमा इजरायलमा ५७ सैनिक र ३४ प्रहरी मारिए


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोहा– प्यालेस्टाइनको हमास समूहको आक्रमणमा परी इजरायलमा ५७ सैनिक र ३४ प्रहरी अधिकारी मारिएको अधिकारीहरूले जनाएका छन् । 

इजरायल डिफेन्स फोर्सले आइतबार गाजापट्टीको सीमामा हमास आतङ्ककारीहरूसँगको लडाइँमा मारिएका ५७ सैनिकको नाम प्रकाशित गरेको छ।

यसैबीच, इजरायल पुलिसले आतङ्कवादीहरूको सामना गर्दा मारिएका ३४ अधिकारीहरूलाई सूचीबद्ध गरेको छ। गाजामा हमासका आतङ्ककारीहरूले इजरायलविरुद्ध युद्ध सुरु गर्दा, सहरहरूमा घुसपैठ गर्ने, सैन्य स्थानहरूमा आक्रमण गर्ने गरिरहेको जनाएको छ ।

यात्रुहरूलाई सडक र उनीहरूको घरहरूमा गोली हानेर र देशको विस्तृत क्षेत्रहरूमा हजारौँ रकेटहरू प्रहार गर्दा कम्तीमा तीन सय जनाको मृत्यु भएको थियो। 

आतङ्ककारीहरूले दर्जनौँ सैनिक र नागरिकहरूलाई गाजामा तानेर लगेको र त्यहाँ उनीहरूलाई बन्धक बनाइएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

गाजामा बन्धक बनाएकाहरूको सङ्ख्यासँगै मारिएका सैनिकहरूको कुल सङ्ख्याबारे अधिकारीहरू अझै निश्चित छैनन्।

इजरायल प्यालेस्टाइनको हमास समूहको युद्धमा परी १० नेपाली सहित ६०० भन्दाबढी इजरायलीको मृत्यु भइसकेको छ भने एक सय भन्दा बढी व्यक्तिको अपहरण गरिएको बताइएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार