आजबाट बसको अग्रिम टिकट बुकिङ खुला « Khabarhub

आजबाट बसको अग्रिम टिकट बुकिङ खुला


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादसैँका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुका लागि लामो तथा मध्यम दूरीका सवारी साधनमा आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट बुकिङका खुला भएसँगै गोङ्गबुस्थित नयाँ बसपार्कका काउन्टरहरूमा ठूलो भीड लागेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुला भएको बताए ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको सहमति अनुसार आजदेखि दसैँ लागि टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।

हरेक वर्ष दसैँ, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन्। दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिस बाहिरिने अनुमान छ ।

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको भए पनि यस पटक केही ढिला गरी टिकट बुकिङका खुला भएको हो । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : ३९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको