आज तरकारी तथा फलफूलको मूल्य कति छ ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५० रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ६०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौँला ७० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ३०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, निगुरो ७०, रातो बन्दा प्रतिकेजी २५० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जनको १४०, अनार ३५०, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २००, सरिफा २००, फुजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परबर ४०, गुन्दुक २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, पुदिना ५००, अमला ८०, तोफु ११०, पिँडालु ५०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला ७०, रुख टमाटर १२०, कन्य च्याउ १२०, तने बोडी प्रतिकेजी १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १० : ०६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४