हिमाली पदयात्रामा पर्यटक बढ्दै « Khabarhub

हिमाली पदयात्रामा पर्यटक बढ्दै


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाली पदयात्राको लागि पर्यटकको आगमन बढ्न थालेको छ । गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । 

वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउँदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज  तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् ।

ती मध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार ६ सय ५२ जना तथा नौ हजार ५६ जना  आन्तरिक पर्यटक छन् । 

निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत ४५ लाख रुपैयाँ आय भएको निकुञ्जका अभिलेखकर्ता रेञ्जर सुनिल राउतले जाकारी दिए ।

निकुञ्जले लठ्ठीका लागि वनस्पति नकाट्न, फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, पैदल मार्गमा भेटिने वन्यजन्तुलाई नहिर्काउन र नलखेट्न पर्यटकलाई अनुरोध गरेको छ ।

पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले गोसाइँकुण्ड तथा तामाङ सम्पदा र लाङटाङ आउने पर्यटकको खानेबस्ने व्यवस्थाको लागि होटलको सुदृढीकरण एवं खाद्यान्न भण्डारण समेत सम्पन्न भइसकेकाले निर्धक्क साथ यात्रा गर्न सबै पर्यटकलाई अनुरोध गरे ।

यस्तै, चालु आर्थिक वर्षको गत साउनदेखि  यही असोज २० सम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय एक करोड राजस्वसमेत आर्जन गरेको छ । पर्यटक शुल्कको साथै निकुञ्जमा सञ्चालित होटलको बक्यौता तथा गत आवमा हेलिकप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए ।

रसुवाको भ्रमणमा आउने पर्यटकलाई उकाली, ओराली, भञ्ज्याङ चौतारीजस्ता पैदलमार्ग, स्थानीय कृषिउपजबाट तयार गरिएको भोजन, तामाङ संस्कृतिको नाचगान, वेशभूषा, सेताम्मे टल्किने लाङटाङ हिमालजस्ता प्रकृतिको सुन्दरताले मनमोहक बनाउँदछ ।  संघीय राजधानी काठमाडौँबाट रसुवा छोटो दूरीको मार्ग भएका कारण पर्यटक पहिलो भ्रमण रोजाइ रसुवा पर्ने गरेको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १० : ५७ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली