जर्मनीका चान्सलर स्कोल्जको दललाई निर्वाचनमा धक्का | Khabarhub Khabarhub

जर्मनीका चान्सलर स्कोल्जको दललाई निर्वाचनमा धक्का


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीको हेस्सेबाभेरियामा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीएसयू) विजयी भएका छन् ।

जर्मनीका सम्पन्नशाली राज्यको चुनावमा मध्यमार्गी दक्षिणपन्थी दलहरूले पहिलो स्थान हासिल गरेका हुन् । आधिकारिक तथ्याङ्कअनुसार सीडीयूले हेस्से राज्यमा ३४।६ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ भने सीएसयूले बाभेरियामा ३७ प्रतिशत मत प्राप्त गरेको छ ।

यसका साथै दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले एसपीडी, ग्रिन पार्टी र फ्रि डेमोक्र्याटिक पार्टीद्वारा सञ्चालित वर्तमान संघीय सरकारप्रति मतदाताहरूको असन्तोषका कारण ठूलो लाभ उठाएको छ ।

सन् २०१८ को विधानसभा चुनावको तुलनामा यी दुई राज्यमा सीडीयूसीएसयूले राम्रो मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १ : ३५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका