जिल्ला अदालत काठमाडौँमा पारिवारिक इजलास सुरु « Khabarhub

जिल्ला अदालत काठमाडौँमा पारिवारिक इजलास सुरु


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अदालत काठमाडौँमा आजदेखि पारिवारिक इजलासको सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले  पारिवारिक इजलासको शुभारम्भ गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले आफू प्रधानन्यायाधीश बन्दै गर्दा संसदीय सुनुवाइमै जिल्ला अदालत काठमाडौँमा पारिवारिक इजलासको सुरुवात गर्ने र आवश्यकता अन्य अदालतमा विस्तार गर्ने योजना अघि सारेअनुसार नै इजलास गठन सुरु गरिएको बताए ।

‘न्यायिक इतिहासमा पहिलो पटक पारिवारिक इजलास सुरूवात गरिएको छ’, उनले भने, ‘यो इजलासमा बालबालिका र महिलावादी मुद्दाको छिटोछरितो रूपमा न्याय निरूपण हुनेछ ।’ उनले इजलास सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले महिलाले अंश पाउने मुद्दामा इजलासले द्रुत सेवा दिने र यो इजलास आगामी दिनमा भक्तपुर र ललितपुरमा विस्तार गरिने जानकारी दिए। सुरुमा नियमितरूपमा दुई वटा इजलास सञ्चालन हुने उनको भनाइ छ । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार न्यायमा पहुँच सुनिश्चित गर्न, छिटोछरितो तथा गुणस्तरीय न्याय सम्पादन गर्न र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धिका लाग उक्त इजलास गठन गरिएको हो । 

प्रधानन्यायाधीश श्रेष्ठको कार्ययोजनाको अवधारणा र कार्ययोजना अनुरूप सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयानुसार पारिवारिक इजलासबाट हाललाई अंश, नाता कायम, घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाको सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १ : ५१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,