मुगुमा सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

मुगुमा सुपथ मूल्य पसल सञ्चालन


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मुगु– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले सुपथ छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरेको छ । 

नेपालीहरुको चाड दशैँ, तिहार र छड पर्वलाई लक्षित गर्दै खाद्य कम्पनी मुगुले आइतबारदेखि चामलमा प्रतिकिलो ७ रुपैयाँका दरले छुट दिई बिक्री गर्न सुरु गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले सुपथ मूल्य पसलको उद्घाटन गर्दै छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरिएको हो । 

उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख कार्कीले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपरोस् र बजारमा भएको चामल चर्को मूल्य तिरेर उपभोग गर्दे आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरेपछि बजारमा भएको मूल्यवृद्धिलाई पनि नियन्त्रण गर्ने अपेक्षा गरे ।

कम्पनीले मुगुमा हालका लागि ३ प्रकारका चामल बिक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्नेछ । कम्पनीले मंसिर ३ गतेसम्म सहुलियत मूल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए । 

उद्घाटन कार्यक्रममा प्रमुख कार्कीले सेवाग्राही छायानाथ रारा नगरपालिका-१३ रुगाका इन्द्रजित लावडलाई छुट मूल्यका चामल वितरण गरेका थिए । चर्को मूल्य हालेर उपभोग गर्दै आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरेपछि केही राहत महसुस छन् । एक सय रुपैयाँ बचत भए पनि नुन तेल उपभोग गर्न सघाउ पुग्ने छायानाथ रारा नगरपालिकाका १३ का खुम्मेनी कामीले बताइन् । 

बजारको २ हजार देखि २५ सयसम्म महँगो चामल खाएर गुजारा चलाएका मुगुका नागरिकहरूमा सहुलियत मूल्यको पसल सञ्चालनमा आएपछि खुसी देखिएको ७० वर्षिया ज्येष्ठ नागरिक हरिसिंह कामीले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : ११ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको