उद्योग धन्दा धराशायी हुँदा अर्थतन्त्र संकटग्रस्त : माधव नेपाल « Khabarhub

उद्योग धन्दा धराशायी हुँदा अर्थतन्त्र संकटग्रस्त : माधव नेपाल


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धराशायी हुँदा देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । 

सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, विचौलिया र भ्रष्टहरूको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गरे। उनले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धराशायी बनाएको टिप्पणी गरे । 

उनले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनाका लागि आफ्नो पार्टीका तर्फबाट पहलकदमी गर्ने बताए  । 

अध्यक्ष नेपालले बैंकहरूले पनि उद्योग तथा कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए। उनले मुलुकको आर्थिक संकट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसरोकारको मुद्दालाई लिएर मेचीमहाकाली समाजवादी जागरण अभियान सुरु गरिएको बताए । 

सो अवसरमा उद्योगी व्यवसायीले बैंकको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, कच्चापदार्थको अभाव जस्ता समस्या भोगेको भन्दै आफूहरू विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ०५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर