इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह | Khabarhub Khabarhub

इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् ।

प्यालेस्टाइनी समूह हमासद्वारा इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग मृतकको शव र घाइतेहरूको उद्धार गर्न आग्रह गरेका हुन्।

ओलीले भनेका छन- ‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैँको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्धार गर्न, बन्धक बनाइएकाहरूको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली,  परिवारजनमा समवेदना।’

इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रमणमा सयौँको ज्यान गएको छ भने दुवै पक्षबीच भिडन्त जारी छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : १७ बजे

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले