कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित « Khabarhub

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुरातत्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ ।

ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण तिलौराकोट क्षेत्रको उत्खनन्पछि त्यहाँ पाइएका सामग्रीका आधारमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियास्वरूप प्राप्त प्रमाणसहित दस्तावेजको मस्यौदा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मा पेस गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। गत साता पेस गरिएको दस्तावेजको मस्यौदा अध्ययन गरी युनेस्कोले सच्याएर पठाउन सुझाव दिने उनले बताए ।

युनेस्कोको सुझावका आधारमा अन्तिम दस्तावेज आगामी माघमा पेस गर्नेगरी विभागले तयारी गरेको छ । नेपालका यसअघि सांस्कृतिक दुई र प्राकृतिक सम्पदा दुई गरी चार सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन् । सांस्कृतिक सम्पदामा काठमाडौँ उपत्यका र लुम्बिनी विश्वसम्पदा सूचीमा परेका हुन् ।

काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै सहरका सांस्कृतिक सम्पदालाई एउटै हुनेगरि युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको प्रवक्ता कुँवरले जानकारी दिए । प्राकृतिकमा सगरमाथा क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएका छन् । 

तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएमा सांस्कृतिकबाट तेस्रो सम्पदा हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ३७ बजे

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित