इजरायलमा जहाज पठाउने सरकारको तयारी, हवाई कम्पनीद्वारा तेल अभिभ विमानस्थलमा सेवा स्थगित « Khabarhub

इजरायलमा जहाज पठाउने सरकारको तयारी, हवाई कम्पनीद्वारा तेल अभिभ विमानस्थलमा सेवा स्थगित


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- प्यालेस्टाइनी लडाकुको हमलामा परी मृत्यु भएका नेपाली नागरिकको शव फिर्ता ल्याउन एवम् फसेका नागरिकको उद्धार गर्न सरकारले इजरायलतर्फ जहाज पठाउने तयारी गरिरहेको बेला विभिन्न हवाई कम्पनीले त्यहाँबाट हुने सबै उडान र अवतरण स्थगित गरेका छन् ।

इजरायलस्थित तेल अभिभ सहरमा रहेको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुरक्षित नभएको भन्दै अमेरिकी हवाई सेवा कम्पनीहरु डेल्टा एयर, युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र फ्रान्सको एयर फ्रान्स, फिनल्याण्डको फिन एअरले सबै उडान र अवतरण स्थगित गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बेलायतको इजीजेट, चीनको हाइनान अयरलाइन्सले पनि हवाई सेवा स्थगित गरेको घोषणा गरेका छन् ।

हमास, प्यालेस्टाइनी इस्लामिक जिहादलगायतका प्यालेस्टाइनी लडाकु समूहले इजरायलमाथि हमला गरेसँगै सुरक्षा चिन्ताबीच विभिन्न एयरलाइन्सले हवाई सेवा स्थगित गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फुटेजहरुमा गाजा क्षेत्रमा रहेको लडाकुहरुले आकाशमा उडिरहेका हेलिकोप्टर तथा लडाकु विमानलाई लक्षित गरी काँधमा राखेर मार हान्न सक्ने विमानभेदी क्षेप्यास्त्र प्रहार गरिरहेको देखिन्छ ।

यसअघि हमासको लडाकु दस्ता इजाद्दिन अल कसम ब्रिगेडले बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ५२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल