नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट  « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट 


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अंकले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता शेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कुल बजार पूँजीकरण रू २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार पाँच सय एक कायम भएको छ ।

उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ९६ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४९ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै छ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको तीन करोड ५१ लाख ४५ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा इक्विटी फन्डको एक लाख ६९ हजार एक सय ९१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ४४ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि