चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त | Khabarhub Khabarhub

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी)बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ ।

यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय सुनाइएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार लीले उपहार र पैसा लिएका, आचरण सुधार गर्ने पार्टीको नीतिको अवज्ञा गरेको र उनको मुद्दाको अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेका थिए ।

एक अर्थशास्त्रीको रूपमा प्रशिक्षित, लीले आफ्नो कामको अधिकांश समय वित्त उद्योगमा बिताएका थिए ।  मार्च २०२२ मा चाइना एभरब्राइटको अध्यक्षपदबाट सेवानिवृत्त हुनुअघि उनले धेरै प्रमुख चिनियाँ बैंकहरूमा नेतृत्वदायी पदहरूमा सेवा गरेका थिए ।

राष्ट्रपति सी चिनफिङले कथित भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीको नेतृत्व गरिरहेका छन् । चीनको केन्द्रीय अनुशासन अनुगमन आयोग (सीसीडीआई) ले मार्चमा चाइना एभरब्राइट ग्रुप र देशको वित्तीय क्षेत्रका अन्य प्रमुख खेलाडीसहित ३० वटा सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी ‘अनुगमन यात्रा’सुरु गर्ने बताएको थियो ।

गत महिना चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष तथा सीसीपी प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको आरोपमा ‘दुई वर्षको जेल सजायसहित मृत्युदण्ड’ दिइएको थियो ।

उनको सजाय ‘आजीवन कारावासमा परिवर्तन’ हुनसक्ने बताइएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : २७ बजे

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका