सर्वदलीय बैठक : इजरायलका नेपालीको उद्धारमा ढिलाइ नगर्न सरकारलाई सुझाव « Khabarhub

सर्वदलीय बैठक : इजरायलका नेपालीको उद्धारमा ढिलाइ नगर्न सरकारलाई सुझाव


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले इजरायल घटनाका बिषयमा सवै दलहरु एक रहेर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकले दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले इजरायल घटनापछि नेपालीको अवस्था बुझ्ने काम भएको सुरक्षित स्थानमा लैजान काम सुरु भइसकेको र स्वदेश आउन चाहने नागरिकका लागि आवश्यक तयारी गरिएको जानकारी गराएका थिए ।

त्यस्तै बिभिन्न दलका नेताहरुले नेपाली नागरिकको उद्धार र मृतकको शव छिटो भन्दा छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकपछि माओवादी केन्द्रका नेता हितराज पाण्डले बैठकमा प्रधानमन्त्रीले सरकारले गरेको निर्णयका बारेमा जानकारी गराएको बताए । उनले प्रभावकारी रुपमा नेपालीहरुको उद्दारको व्यवस्था गर्न सरकारलाई दलहरुले सुझाव दिएको जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित ठाउमा राख्न सरकारले पहलकमदी गर्ने र मृत्युवरण गरेकाको शव छिटो देशभित्र झिकाएर परिवारलाई बुझाउने काम गर्न आग्रह गरिएको बताए ।

त्यस्तै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकार सन्तुलन ढंगले प्रस्तुत भएर उद्दारका काम गर्न सुझाव दिएको बताए ।

बैठकमा दलका प्रतिनिधिहरुले सरकारले गरेका निर्णयको कार्यान्वयनमा जोड दिनुपर्ने र आधिकारीक स्थानबाट सहि सुचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ४७ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा