अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथि हवाई हमला « Khabarhub

अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथि हवाई हमला


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ ।

यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गरेको छ । जसमा इरान समर्थित समूहका ९ जना मारिएका छन्  । अमेरिकाले इरान समर्थित मिलिसियाले प्रयोग गरेको हतियार गोदाममा पछिल्लो हमला गरेको हो ।

२ एफ–१५ लडाकु विमानको सहयोगमा अमेरिकाले इरानको रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदाममा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जानकारी दिए । उनले भनेका छन्,  ‘हाम्रो लागि अमेरिकी सैनिकको सुरक्षा गर्नुभन्दा महत्वपूर्ण केही छैन । यस कारबाहीबाट हामीले प्रमाणित गर्‍यौँ कि अमेरिकाले आफ्ना सैनिकहरूको हितका लागि जे पनि गर्छ।’

पछिल्लो दुई हप्तामा दोस्रो पटक अमेरिकाले सिरियामा रहेको इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदामहरूलाई निशाना बनाएको हो । अमेरिकाले अक्टोबर १७ यता कम्तीमा ४० वटा यस्ता हमला भएको जानकारी दिएको छ । जसमा अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाइएको छ ।

अमेरिकाले इरान र उसका सहयोगीहरूलाई इजरायल–हमास द्वन्द्वलाई क्षेत्रीय युद्धमा परिणत गर्नबाट रोक्न खोजिरहेको छ। जसका कारण इरानले समर्थन गरेको आधार हो । यस कारणले इरान समर्थित लक्ष्यहरूमा आक्रमण र नियन्त्रण गरिरहेको छ ।

गत महिना अक्टोबर ७ मा इजरायलमा हमास समूहले हमला गरेको थियो जसमा हालसम्म १४०० इजरायलीको मृत्यु भइसकेको छ । इजरायलले इरानले हमासलाई सहयोग गरिरहेको दाबी गरेको छ । 

जसका कारण इरान समर्थित समूहले पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गरेको जनाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : ४९ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका