एकदिवसीय विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र श्रीलंका खेल्ने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र श्रीलंका खेल्ने


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्यूजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे भारतको बेंगलोरमा सुरु हुनेछ । 

आजको खेलमा न्यूजिल्याण्ड श्रीलंकालाई हराएर सेमिफाइनलको सम्भावना जीवित राख्ने योजनामा रहेको छ । न्यूजिल्याण्डलाई सेमिफाइनलको यात्राका लागि यो खेल जितेर मात्र पनि पुग्दैन अफगानिस्तान र पाकिस्तानसँगको नेटरनरेटमा भर पर्नेछ । श्रीलंका भने सेमिफाइनलको दौडबाट बाहिरी सकेको छ ।

अन्तिम खेलमा अफगानिस्तान र पाकिस्तान पराजित भएमा न्युजिल्यान्डलाई आजको खेलमा जित मात्रै पर्याप्त हुनेछ । तर यी दुई टोली मध्ये एक वा दुबै विजयी भएको खण्डमा भने नेटरनरेट निर्णायक बन्नेछ ।

जारी विश्वकपमा न्यूजिल्याण्ड ८ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा रहँदा ४ अंक जोडेको श्रीलंका नवौँ स्थानमा छ । यस्तै एक खेल कम खेलेका पाकिस्तान र अफगानिस्तान दुबैको समान ८–८ अंक छ ।

अन्तिम चारमा रहने टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाले दोस्रो सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । न्युजिल्यान्डले सुरुवाती चार खेल जितेपनि त्यसपछि लगातार चार खेल हारेको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : २३ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले