एकदिवसीय विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र श्रीलंका खेल्ने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र श्रीलंका खेल्ने


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्यूजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे भारतको बेंगलोरमा सुरु हुनेछ । 

आजको खेलमा न्यूजिल्याण्ड श्रीलंकालाई हराएर सेमिफाइनलको सम्भावना जीवित राख्ने योजनामा रहेको छ । न्यूजिल्याण्डलाई सेमिफाइनलको यात्राका लागि यो खेल जितेर मात्र पनि पुग्दैन अफगानिस्तान र पाकिस्तानसँगको नेटरनरेटमा भर पर्नेछ । श्रीलंका भने सेमिफाइनलको दौडबाट बाहिरी सकेको छ ।

अन्तिम खेलमा अफगानिस्तान र पाकिस्तान पराजित भएमा न्युजिल्यान्डलाई आजको खेलमा जित मात्रै पर्याप्त हुनेछ । तर यी दुई टोली मध्ये एक वा दुबै विजयी भएको खण्डमा भने नेटरनरेट निर्णायक बन्नेछ ।

जारी विश्वकपमा न्यूजिल्याण्ड ८ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा रहँदा ४ अंक जोडेको श्रीलंका नवौँ स्थानमा छ । यस्तै एक खेल कम खेलेका पाकिस्तान र अफगानिस्तान दुबैको समान ८–८ अंक छ ।

अन्तिम चारमा रहने टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाले दोस्रो सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । न्युजिल्यान्डले सुरुवाती चार खेल जितेपनि त्यसपछि लगातार चार खेल हारेको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : २३ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको