विज्ञान र प्रविधिमा राज्यको ध्यान आकर्षित हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

विज्ञान र प्रविधिमा राज्यको ध्यान आकर्षित हुनुपर्छ : प्रधानमन्त्री


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई समुन्नत बनाउन, आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४६ औँ प्राज्ञ सभालाई आज सम्बोधन गर्दै उनले नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै राष्ट्रको ध्यान यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले विज्ञान र प्रविधिमा भएका प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भए पनि राज्यको ध्यान विज्ञान र प्रविधिमा अझै केन्द्रित हुन नसकेको बताए । उनले ४० वर्षमा जम्माजम्मी ४ अर्बको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्द्धनात्मक कार्यहरू पर्याप्त नभए पनि प्रशंसनीय भएको बताए ।

उनले विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्द्धन गर्न नास्ट र यसका सहयात्री संस्थाहरूले गरेको योगदानप्रति धन्यवाद व्यक्त गरे । वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र योगदानको बारेमा अनभिज्ञ नभएको बताए । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ११ : ४३ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ