हतियारसहित पाँचजना पक्राउ « Khabarhub

हतियारसहित पाँचजना पक्राउ


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

बारा– बारा प्रहरीले सिम्रौनगढ ११ बाट दुई पेस्तोल र दश थान गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रूपलाल पटेल, रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नं.२ बस्ने ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शोभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा उपेन्द्र पटेलले आफ्नो घर कोठामा अवैध रुपमा हतियारसहित मानिस लुकिछिपी बसेको सूचना पाएर गएको इलाका प्रहरी कार्यालय सिम्रोनगढको प्रहरी टोलीले घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको एउटा नलकटुवा पेस्तोल सहित एक थान गोली र एउटा रिभाल्वर सहित सात थान गोली बरामद गरिएको हो । यो सँगै प्रहरीले केएफ लेखिएको जंगी राउन्ड दुई थान गोली बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

पक्राउ परेकालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ३ : ०७ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय