एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह « Khabarhub

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरूलाई आग्रह गरेका छन् । आजदेखि यहाँ सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समक्ष लगानी गर्न आह्वान गरे । 

‘नेपालमा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताका लागि ठूलो सम्भावना छ’, अर्थमन्त्री डा महतले भने, ‘भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाइसकेको अवस्थामा जलविद्युतमा लगानीको प्रशस्त सम्भावना छ । त्यसैले जलविद्युतमा  ढुक्कसँग लगानी गर्नुस् । सहजिकरणका लागि सरकार प्रतिबद्ध छ ।’

 सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने भन्दै उनले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उल्लेख गरे । विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपालको ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको भन्दै उनले विदेशी लगानी आकर्षण गर्न सरकारले लगानीमैत्री वातावरण बनाउनेमा विश्वास दिलाए ।

 उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको बताए । सरकारले विद्युत् उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको अर्थमन्त्रीको भनाइ छ । 

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न चुनौतीकाबीच मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको र यसलाई थप गतिशील बनाउन जरुरी भएको उल्लेख गरे । उनले आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउने क्षेत्रमा बैंकिङ क्षेत्रका स्रोतसाधनलाई पूर्णरुपमा पुनर्संरचना गर्ने बेला आएको भन्दै दिगो आर्थिक वृद्धि हासिल गर्न जरुरी रहेको बताए।

गभर्नर अधिकारीले धेरैजसो विकसित अर्थतन्त्रमा मुद्रास्फीति मध्यम रहेको उल्लेख गर्दै मुलुकको मुद्रास्फीति अझै पनि केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहेको बताए। उनले केही उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूले अझै पनि उच्च मुद्रास्फितिको सामना गरिरहेको बताए। उनले भने, ‘मध्यपूर्वमा भर्खरै बढ्दो इजरायल–हमास युद्ध र लामो समयसम्म रुस–युक्रेन संकटले मूल्य स्थिरता कायम राख्न चुनौती खडा गरेको छ । फलस्वरूप, धेरै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कडाइ जारी राखेका छन् । जसले गर्दा लामो समयसम्म उच्च ब्याजदरको सामना गरेनुपरेको देखिन्छ ।’

नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै गभर्नर अधिकारीले डिजिटल बैंकिङ प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । एसियाली बैंकहरूले खराब कर्जा वृद्धि हुन नदिन सम्भावित जोखिमलाई आत्मसाथ गरेर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने खाँचो औंल्याए।

गभर्नर अधिकारीले द्रुत प्राविधिक परिवर्तनले बैंकिङ प्रणालीमा धेरै फाइदा पुगेको र यसले बैंकिङलाई व्यवसायमा रूपान्तरण गरिरहेको भन्दै यसको दिगोपनाका लागि सहज रहनुपर्नेमा जोड दिएका छन् ।

 एसियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले एसियन मुलुकको समग्र अर्थतन्त्रको दिगोपनाका लागि सहकार्यका साथ प्रभावकारी योजना कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । उनले एसियाली बैंकको आगामी रणनीतिबारे अवधारणा बनाउन सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

 नेपाल बैंकर सङ्घका अध्यक्ष सुनील केसीले नेपालमा पहिलो पटक आयोजना भएको एसियन मुलुकका बैङकका सिइओसहितको सम्मेलनले नेपाली बैंकिङ क्षेत्रलाई चुनौतिपूर्ण परिस्थितिबाट उठेर आगामी दिनमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेबारे दीर्घकालीन रणनीति तय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

  नेपाल बैंकर सङघएसियन बैंकर सङघको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनमा सदस्य १८ देशका ६० भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिको सहभागिता छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ३ : ४७ बजे

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि