क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लुएचओद्वारा स्वीकार | Khabarhub Khabarhub

क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लुएचओद्वारा स्वीकार


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१५ देखि लागू भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार बताएको छ । 

‘भारतको प्रयासका कारण सन् २०२२ मा (सन् २०१५ देखि) क्षयरोगको घटनामा १६ प्रतिशत कमी आएको छ, यो वैश्विक क्षयरोगका घटनामा भएको गिरावट (आठ दशमलव सात प्रतिशत) भन्दा करिब दुई गुणा हो। यस अवधिमा भारत र वैश्विकस्तरमा क्षयरोगबाट हुने मृत्युदर पनि १८ प्रतिशतले घटेको छ’, मन्त्रालयले भनेको छ, ‘डब्लुएचओले सन् २०२१ मा चार लाख ९४ हजारबाट सन् २०२२ मा तीन लाख ३१ हजारमा क्षयरोगको मृत्युदरलाई ३४ प्रतिशतभन्दा बढीले घटाएर संशोधन गरेको छ ।’

डब्लुएचओले मङ्गलबार आफ्नो ग्लोबल क्षयरोग रिपोर्ट २०२३ जारी गर्दै भारतमा क्षयरोगको मामिला पत्ता लगाउने सुधारमा ठूलो प्रगति गरेको बताएको छ ।

‘अनुमानित क्षयरोग मामिलाको उपचार बढेर ८० प्रतिशत भएको छ, यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो’, मन्त्रालयले भनेको छ, ‘भारतले राष्ट्रिय स्वास्थ्य मिसनको तत्वावधानमा लागू गरिएको राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रममा थप लगानी गरेर क्षयरोग उन्मूलन प्रयासहरूलाई प्राथमिकता दिनका लागि साहसिक कदम चालेको छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ५ : ०९ बजे

Nepatop

कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु

कटारी– उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या

नर्देन रुम्बा : गीत, कविता र नाटकका त्रिवेणी

ऊ मूलतः कवि हो । जसका लागि ऊ कवि होइन

प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा

ढोरपाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्यश्री

‘विकास र समृद्धिका लागि एमालेको विकल्प छैन’

महोत्तरी– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र

ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’

काठमाडौँ– ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि