युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत « Khabarhub

युरोपेली सङ्घसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गरेका छन् । 

‘यो एउटा बलियो र ऐतिहासिक कदम हो जसले युक्रेनलाई सदस्यका रूपमा सुदृढ युरोपेली सङ्घमा सदस्यतालाई मार्ग प्रशस्त गर्दछ’, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् । 

उनले युक्रेनसँग सदस्यतासम्बन्धी वार्ता सुरु गर्ने कि नगर्ने भन्नेबारे किएभले डिसेम्बरमा युरोपेली परिषद्को निर्णयको प्रतीक्षा गरिरहेको बताए । आफ्नो देशमा सुधार प्रक्रिया जारी रहेको उनको भनाइ थियो । 

यसअघि युरोपेली आयोगले युरोपेली परिषद्लाई युक्रेनसँग वार्ता गर्न र युक्रेनले केही प्रमुख उपायहरू अपनाएपछि कुराकानीको रूपरेखा अपनाउन सिफारिस गरेको थियो । 

सन् २०२२ जुनमा युरोपेली सङ्घले युक्रेनलाई सदस्यताका लागि एउटा उम्मेदवारका रूपमा स्वीकार गरेको थियो । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ६ : ०१ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल