जनयुद्धको मर्मलाई कसैले दबाउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

जनयुद्धको मर्मलाई कसैले दबाउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका हुन् ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपाल निर्माणको प्रक्रिया नेपाली इतिहासको ऐतिहासिक परिघटना भएकाले पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएको स्पष्ट पारे ।

प्रचण्डले तत्कालीन अवस्थामा संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको राजनीतिक अवस्थामा बारेमा भ्रमण छर्ने राजा–महाराजाको सपनालाई आफूले एकलौटी तीन महिने युद्ध विराम घोषणा गरेर रोकेको जिकिर गरे । 

त्यही युद्धबिरामभित्र सात राजनीतिक दलहरूसंग वार्ता भएर १२ बुँदे सहमति भएको उनले बताए । प्रचण्डले पूर्वउपराष्ट्रपति पुनले लेखेको  पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताए । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही नगर्ने र जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि आफ्नो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता पुन भएको उनले स्मरण गरे । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ६ : ०९ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान