नेपाली टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त  « Khabarhub

नेपाली टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त 


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टि-२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो । 

क्यानले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने उक्त शृङ्खलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ । 

नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, सङ्गीता राई सम्झना खड्का खुसी डङ्गोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन छन् । हङ्कङमा हुने चार देश सम्मिलित टि-२० शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङ  रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २९ गते तान्जानियासँग खेल्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ७ : ०५ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको