प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकार संवेदनशील हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकार संवेदनशील हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूकम्पपीडितको लागि युवा सङ्घ नेपालद्वारा संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।  

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रु १४ लाख मूल्य बराबरको राहत सामग्री युवा सङ्घ नेपालका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा सङ्घका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्दै पूर्वप्रधानमन्त्री खनालले भूकम्प प्रभावित क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्‍याउन नसके स्वास्थ्य संकट आउन सक्ने भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

नेता खनालले राहत पाउने कुरामा प्रभावित थप समस्यामा परेको, सामान्यभन्दा सामान्य सेवा सुविधासमेत नपाएको समाचार आइरहेकाले उनीहरुलाई सहयोग गर्न सरकार गम्भीर हुनपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सहयोगको लागि विश्वभर छरिएका नेपालीलाई आग्रह गर्दै देशमा दुःख परेका बेला विदेशमा रहेका नेपाली एकजुट भएर उनीहरूलाई सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

राहत सामग्री डिजिटल सोलार प्यानल करिब रु छ लाख बराबरको २० थान, एन्टि मस्क्युटो किड्स रु एक लाख बराबरको दुई सय ५२ थान, स्यानिटरी प्याड रु तीन लाख बराबरको पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान रु एक लाख ५० हजार बराबरको, अक्सिमिटर एक थान रु एक लाख ५० हजार बराबर र विभिन्न औषधि रु दुई लाखभन्दा बढी मूल्य बराबरको र भोलेन्टियर हेलमेट एक सय थान रु ५० हजार बराबरको रहेको जनाइएको छ । गत शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहितका जिल्लामा जनधनसहित ठूलो क्षति पुर्‍याएको हो ।

युवा सङ्घका प्रवक्ता सञ्जीप राईको टोली आजै राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोट लागेको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ७ : २६ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको