सीमा सुरक्षा बहस : सुनदेखि सुपारीसम्म किन भइरहेको छ तस्करी ? | Khabarhub Khabarhub

सीमा सुरक्षा बहस : सुनदेखि सुपारीसम्म किन भइरहेको छ तस्करी ?


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  राजनीतिक दल र सरकारकै संरक्षणका कारण नेपालमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउन नसकेको सुरक्षा क्षेत्रका जानकारले गुनासो गरेका छन् ।

सुनदेखि सुपारीसम्म राजनीतिक दलका नेताहरुकै संरक्षणमा तस्करी मौलाइरहेको सुरक्षाविदहरुको दाबी छ । आईएसएसआर र खबर हबको आयोजनामा भएको ‘आर्थिक कुटनीति र सीमा सुरक्षा विषयक अन्तक्रिया’ कार्यक्रममा बोल्दै पूर्वडीआइजी हेमन्त मल्लले राजनीतिक संरक्षणका कारण अपराध नियन्त्रणमा समस्या देखिएको बताए । पछिल्लो समय चर्चामा रहेको सुन प्रकरण नयाँ विषय नभएको भन्दै उनले नेपालमा सुन उडेर, गुडेर र हिँडेर आइरहेको तर्क गरे।

सुन तस्करीमा सरकारी निकायको पनि संलग्नता रहेको भन्दै मल्लले तीन तहको सुरक्षा हुँदा पनि नाकामा नै सुन किन नसमातिएको भन्दै प्रश्न गरे । चेकजाँच नाकाबाट निस्किएको सुन बजारमा आएपछि समातिनुमा स्वार्थ समूहको हात रहेको उनको भनाइ छ । नेपालका दक्षिणी नाका तस्करहरुको मुल थलो भएको भन्दै सुपारी, मरिचको निकासीले पनि यसलाई पुष्टि गर्ने बताए।

नेपालमा प्रतिबन्धित बस्तुको लुकिछिपी आयातमा ठूला भनिएका ब्यापापारीको हात रहेको भन्दै मल्लले पछिल्लो समय कुखुराको अवैध आयातले नेपालको पोल्ट्री व्यवसाय ध्वस्त हुने स्थितिमा पुगेको बताए । भारतीय सीमा नाकामा खुलेका पोल्ट्रीले अबैध कुखुराको आयात गर्दा आत्मनिर्भरको मुखमा पुगेको पोल्ट्री धरासायी भएको मल्लको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै पूर्व आइजीपी धिरजप्रताप सिंहले नेपालको सीमा क्षेत्रमा हुने आर्थिक तथा आपराधिक क्रियाकलापको नियन्त्रणका लागि कानुनको पालनामा समस्या देखिएको बताउनुभयो । सीमा क्षेत्रका समस्या नियन्त्रणका लागि कानुन पर्याप्त भए पनि कार्यान्वयन फितलो भएको सिंहको भनाइ थियो । पछिल्लो समय राजस्व छलीका घटना श्रृङ्गखलावद्ध रुपमा भए पनि त्यसको नियन्त्रणमा सरकार उदासीन देखिएको सिंहको तर्क थियो ।

पूर्वप्रशासक रवीन्द्रनाथ रेग्मीले राजस्वको प्रमुख स्रोत भन्सार भए पनि त्यसको व्यवस्थापकीय पक्ष कमजोर हुँदा लक्ष्य अनुसारको राजस्व संकलन नभएको बताए। भारतले प्रतिबन्ध लगाएका सामाग्री निकासीमा राज्य लाग्दा राजस्वमा असर परेको उनको आरोप छ ।

नेपाली किसानलाई आतंकित गर्ने काम सरकारी निकायबाट नै भएको भन्दै उहाँले आत्मनिर्भरको बाटोमा हिँडेका नेपाली उद्योग सरकारका कारण रुग्ण बन्दै गएको बताए । राज्यको मिलेमतोमा भारतबाट अवैधानिक कुखुरा भित्रिँदा ४० प्रतिशत ह्याचरी बन्द हुने अवस्थामा पुगेको उनको गुनासो थियो ।

कार्यक्रममा बोल्दै आईएसएसआरका प्रमुख नरेश श्रेष्ठले सरकारी नीतिका कारण ब्यापारीहरु चोर बाटो हिँड्न बाध्य भएको बताए । नीति मात्र बन्ने तर कार्यान्वयन नहुने समस्याका कारण अर्थ क्षेत्रमा चुनौती थपिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : ३१ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने