श्रीलंकाविरुद्ध न्यूजील्याण्ड विजयी, सेमिफाइनलको सम्भावना बलियो « Khabarhub

श्रीलंकाविरुद्ध न्यूजील्याण्ड विजयी, सेमिफाइनलको सम्भावना बलियो


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको बिहीबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४६.४ ओभरमा १७१ रन बनाएर अल आउट भएको थियो ‍।

यो न्यूजील्याण्डको यस विश्वकपमा पाँचौं जित हो। यो जितपछि न्यूजील्याण्ड ९ खेलमा १० अंकसहित चौथो स्थानमा कायम रहेको छ। अब न्यूजील्याण्डको सेमिफाइनलमा पुग्ने नपुग्ने निर्णय पाकिस्तान र अफगानिस्तानको अन्तिम खेलपछि हुनेछ।

अफगानिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ भने पाकिस्तानले आफ्नो अन्तिम खेल शनिबार इङल्याण्डविरुद्ध खेल्दै छ।

त्यस्तै यो हारपछि श्रीलंका २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा छनौट हुन असफल भएको छ। यस विश्वकपमा ९ खेलमा २ खेल जितेको र ७ खेलमा हार बेहोरेको श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : ४४ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको