युक्रेनले बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने « Khabarhub

युक्रेनले बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट बिनियोजन बिषयमा मतदान भएको थियो ।

कीएभ र मस्को दुवैले युद्ध सुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन् । उनीहरू दुबैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन् ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १.७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो । यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्त रूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो ।

युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी सहयोगीहरूको आर्थिक सहयोगमा युद्धको समयमा आफ्नो अर्थव्यवस्थालाई जीवित राख्नको लागी धेरै निर्भर बनेको छ । आईएमएफले सन् २०२३ मा आवश्यक पर्ने अनुमान गरेकै हाराहारीमा आगामी वर्ष दैनिक खर्च गर्न ४१ अर्ब अमेरिकी डलर बाह्य सहयोग आवश्यक रहेको बताएको छ ।

यूक्रेनको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रक्षा क्षमताको सुदृढीकरण, जनसङ्ख्याको सुरक्षा, भूतपूर्व सैनिकहरूलाई सहयोग, सामाजिक स्तर र आर्थिक पुनरुत्थानलाई बढावा दिने देशको बजेटको प्राथमिकता स्पष्ट छ ।”

“हामीसँग छिटोभन्दा छिटो युद्ध जित्नका लागि थप ड्रोन र हाम्रा आफ्नै हतियारहरू हुनेछन्,” विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार साँझ संसदलाई सम्बोधन गर्दै ‘विजय’ हासिल गर्न बजेट स्रोतहरू विनियोजन गरिने बताएका छन् ।जेलेन्स्कीले भने, “हामी सबैले मानिसहरूले सडकहरू खन्ने र मर्मत गर्नेभन्दा पनि रक्षालाई सहयोग गर्न बजेट स्रोतहरू विनियोजन गर्न माग गरिरहेको देख्छौं ।”

“यो सही काम हो । युक्रेनलाई बलियो बनाउन सबै स्रोत साधनको प्रयोग गर्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ५८ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार