प्रथम वीरगञ्ज गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनलमा « Khabarhub

प्रथम वीरगञ्ज गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनलमा


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – त्रिभुवन आर्मी क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा सङ्कटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २२औँ मिनेटमा आर्मीका रिपु भुलनले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

त्यसपछि दुवैतर्फबाट भएका प्रहार रक्षापङ्क्तिका खेलाडीले जोगाएका थिए । आजको खेलमा निर्णायक गोल गरेका आर्मीका भुलन प्लेयर अफ दी म्याच घोषित भएका छन् । उहाँले क्वेस्ट फर्मास्युटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गरे ।

अब आर्मी क्लबले कात्तिक २५ गते हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए।

मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको जारी ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआइ नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : १० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर