प्रथम वीरगञ्ज गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनलमा « Khabarhub

प्रथम वीरगञ्ज गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनलमा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – त्रिभुवन आर्मी क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा सङ्कटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २२औँ मिनेटमा आर्मीका रिपु भुलनले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

त्यसपछि दुवैतर्फबाट भएका प्रहार रक्षापङ्क्तिका खेलाडीले जोगाएका थिए । आजको खेलमा निर्णायक गोल गरेका आर्मीका भुलन प्लेयर अफ दी म्याच घोषित भएका छन् । उहाँले क्वेस्ट फर्मास्युटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गरे ।

अब आर्मी क्लबले कात्तिक २५ गते हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए।

मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको जारी ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआइ नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १० : १० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल