यू–१९ एसिया कपः आज दुई खेल हुँदै | Khabarhub Khabarhub

यू–१९ एसिया कपः आज दुई खेल हुँदै


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्र्गत शनिबार दुई खेल हुँदैछन् । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा युएईले बंगलादेशको सामना गर्नेछ । दोस्रो खेलमा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन् ।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले एकएक खेल खेलिसकेका छन् । शुक्रबार भएको खेलमा पाकिस्तान र भारतले विजयी सुरुवात गरेका हुन् । पाकिस्तानले नेपालमाथि र भारतले अफगानस्थानमाथि सात–सात विकेटको जित निकालेका हुन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार खाएको नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : ५८ बजे

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण