सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने « Khabarhub

सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । 

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट दुईमा जित र एकमा हारसहित ७ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।  ४ खेल खेलेको इलाम एकमा जित र तीनमा हार बेहोर्दै तालिकाको सातौँ स्थानमा छ ।

आजको खेलमा धनगढी जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने प्रयासमा हुँदा इलाम पनि जितका साथ तालिकाको चौथो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ रेजर्सबीच हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रङ्गशालामा हुनेछ । लिगमा लुम्बिनी ४ खेलबाट छैटौँ र ५ अङ्क भएको काठमाडौँ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ३१ बजे

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको