सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने « Khabarhub

सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । 

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट दुईमा जित र एकमा हारसहित ७ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।  ४ खेल खेलेको इलाम एकमा जित र तीनमा हार बेहोर्दै तालिकाको सातौँ स्थानमा छ ।

आजको खेलमा धनगढी जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने प्रयासमा हुँदा इलाम पनि जितका साथ तालिकाको चौथो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ रेजर्सबीच हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रङ्गशालामा हुनेछ । लिगमा लुम्बिनी ४ खेलबाट छैटौँ र ५ अङ्क भएको काठमाडौँ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ३१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल