बन्द गर्छु आँखाहरू « Khabarhub

बन्द गर्छु आँखाहरू


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी
आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी
बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी
ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

हजारौँको भिडमा खोजिरहेँ तिमीलाई
लाखौँबाट एक मानिस रोजिसकेँ तिमीलाई
बाडुलीको बाटो भई कतिखेर धाउँछौ तिमी
बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी
आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी
बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी
ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

के छ कुन्नि त्यो मनभित्र सहमति या बिमति
फसेको छु तिमीभित्र कि दिन्छौ त स्वीकृति
सागरभन्दा गहिरो के छ ? पिरती हो भन्छौ तिमी
बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी
आँखा खोली बोलाउँ भन्छु हराउँछौ तिमी
बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी
ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ५८ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा