बन्द गर्छु आँखाहरू « Khabarhub

बन्द गर्छु आँखाहरू


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी
आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी
बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी
ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

हजारौँको भिडमा खोजिरहेँ तिमीलाई
लाखौँबाट एक मानिस रोजिसकेँ तिमीलाई
बाडुलीको बाटो भई कतिखेर धाउँछौ तिमी
बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी
आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी
बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी
ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

के छ कुन्नि त्यो मनभित्र सहमति या बिमति
फसेको छु तिमीभित्र कि दिन्छौ त स्वीकृति
सागरभन्दा गहिरो के छ ? पिरती हो भन्छौ तिमी
बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी
आँखा खोली बोलाउँ भन्छु हराउँछौ तिमी
बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी
ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ५८ बजे

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक