परराष्ट्रमन्त्री साउद आज कतारको दोहा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री साउद आज कतारको दोहा जाँदै


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर १० र ११ मा हुने दोहा फोरम २०२३ मा सहभागी हुन मन्त्री साउद नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उनले कतारका मन्त्रीहरुसँग ‘साइडलाइन’ वार्ता गर्नेछन् भने हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइको लागि पहल गर्ने बताइएको छ ।

यसअघि साउदले नेपाल आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीलाई पनि बिपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

दोहा फोरम विश्व नेताहरू, सरकारी अधिकारीहरू, बहुपक्षीय संस्थाका प्रमुखहरू, निजी क्षेत्रका कार्यकारीहरू, थिंक ट्याङ्कहरू र विचार निर्माताहरू बीचको संवादको मञ्च हो। फोरममा समसामयिक विश्व र क्षेत्रीय विषयमा छलफल हुने बताइएको छ ।

फोरममा सहभागी भइसकेपछि मन्त्री साउद मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवको स्मरणमा आयोजना हुने ‘ह्युमन राइट्स ७५’ उच्चस्तरीय कार्यक्रममा भाग लिन डिसेम्बर १२ मा जेनेभा प्रस्थान गर्नेछन् ।

त्यसैगरी, मन्त्री साउद जेनेभाबाट यही डिसेम्बर १४ देखि १५ सम्म आयोजना हुने भूपरिवेष्ठित विकासोन्मुख देशहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन यही डिसेम्बर १३ मा आर्मेनियाको येरेभान प्रस्थान गर्नेछन् ।

त्यहाँ रहँदा मन्त्री साउदले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्ने र साइडलाइन वार्ताका क्रममा उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटघाट गर्ने मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउद दोहा, जेनेभा र येरेभानमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी मंसिर १६ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : २९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन