पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन « Khabarhub

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश वन निर्देशनालय, धरानद्वारा आयोजित सो कार्यक्रममा मन्त्रालयअन्तर्गतका वन निर्देशनालय, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन कार्यालय धनकुटा र ओखलढुङ्गा, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, प्रदेशका १५ वटा डिभिजन वन कार्यालय तथा सङ्घीय सरकार अन्तर्गतका वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, चुरे उत्थानशील आयोजनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले कर्मचारीलाई आफ्नो क्षमता तथा दक्षता वृद्धि गरी सिर्जनशीलका साथ आफ्नो जिम्मेवारी सम्पन्न गर्न, वित्तीय अनुशासन कायम गर्न, प्राकृतिक स्रोतको संरक्षण गर्न र पर्यटन प्रवर्द्धनका कार्य योजना तयार गर्न निर्देशन दिए ।

मन्त्रालयका सचिव विशाल घिमिरेले समग्र पर्यटन, वन, वातावरण, भूसंरक्षण, जैविक विविधता संरक्षण, मानव वन्यजन्तु द्वन्द्वबारे मन्तव्य गर्दै चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमलाई, बेरुजु नहुने गरी पारदर्शिताका साथ सम्पन्न गर्न सबै मातहतका कार्यालयलाई निर्देशन दिए ।

उनले कर्मचारीको न्यायोचित व्यवस्थापन गरी मौजुदा जनशक्तिबाट उच्चतम प्रतिफल आउने गरी काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ११ : ०४ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि