माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न « Khabarhub

माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिटीए फाउन्डेसनको मुख्य आयोजनामा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न भएको छ । 

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासबारीमा शनिबार आयोजित शिविरमा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरू गरेर  झण्डै एक सय जनाको मुटु जाँच गरिएको हो । 

पछिल्लो समय हिमाल आरोहण गर्ने र गराउने माउन्टेन गाइड, उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने ट्रेकिङ गाइड र पर्यटकको सामान बोकेर जाने पोटरहरूको मुटुमा प्वाल पर्ने, मुटु दुख्ने समस्या देखिए पनि जाँच तथा उपचार महँगो पर्ने भएकाले उनीहरू सेवाबाट बञ्चित थिए।

जिटीए फाउन्डेसनले हेनरी फोर्ड हेल्थ र शहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रसँग सहकार्य गरेर हिमाली तथा उच्च पहाडी पर्यटन क्षेत्रमा काम गर्ने माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सञ्चालन गरेर गम्भीर समस्या देखिएकाहरूको निःशुल्क उपचार गरिने फाउन्डेसनका प्रमुख दीपकचन्द्र बज्राचार्यले बताए। 

उनका अनुसार मुटु जचाँउनेमा शेर्पाहरू धेरै छन् । उनीहरूको मुटु वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विनय रौनियार लगायतको टिमले जाँच गरेको हो । 

मुटु जाँच गराउनेहरूलाई सुरूमा फारम भराइएको थियो । फारम भरेकाहरु पचास जना र थप चालीस जना गरेर नब्बे जनाको मुटु परीक्षण गरिएको हो । 

जिटीए फाउन्डेसनको आयोजना र पहलकदमीले शेर्पा लगायत गाइड र पोटरको निःशुल्क मुटु जाँच र उपचार हुनु महत्वपूर्ण काम भएको नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईँले बताए। 

एक दिने शिविरबाट धेरै जसो शेर्पा लाभान्वित भएका छन् । मुटु जाँच गरेकाहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : ०५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न