अमेरिकी भिटोपछि इरानले दियो ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ को चेतावनी « Khabarhub

अमेरिकी भिटोपछि इरानले दियो ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ को चेतावनी


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकाले गाजामा जारी युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि विशेषाधिकार (भिटो) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।

इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे । इजरायली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकु समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० जनालाई बन्धक बनाएको थियो । इजरायलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमलालाई जारी राखेको छ ।

हमलामा प्यालेस्टाइनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायल अमेरिकाको मुख्य सहयोगी मुलुक हो । गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तालाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो ।

उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले बताएको छ । इरानको विदेश मन्त्रालयका अनुसार टेलिफोन संवादमा अमिर–अब्दुल्लाहियानले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भने, “जबसम्म अमेरिका यहुदीवादी शासन (इजरायल) को अपराधहरू र युद्धको निरन्तरतालाई समर्थन गर्छ तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विस्फोटको सम्भावना छ ।”

इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न साहसी कदम’ का रूपमा प्रयोग गर्ने राष्ट्रसङ्घीय महासचिवको प्रशंसा गरे । एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ ।

इजरायलका अनुसार हमासले युद्धविरामको उल्लङ्घन गरेको छ । विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले महासचिव गुटेरेससँग भने, “हमासले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको दाबी सम्पूर्ण रूपमा गलत हो ।” उनले इजरायलका लागि अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ३ : ४५ बजे

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

कास्की – पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल