सडक स्तरोन्नति नहुँदा समस्या « Khabarhub

सडक स्तरोन्नति नहुँदा समस्या


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी, रूपन्देही र पाल्पा हुँदै जानुपर्ने अवस्था छ । सदरमुकाम कावासोतीलाई प्रदेश सदरमुकामसम्म जोड्ने सडक स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको छ । पूर्वपश्चिम राजमार्गको दलदलेबाट एक सय २५ किलोमिटरको यात्रा गरेर पोखरा पुग्न सकिने भए पनि सडक स्तरोन्नति नहुँदा समस्या भएको छ । 

‘पूर्वपश्चिम राजमार्गसँग जोडिएको देवचुली नगरपालिका–१३ दलदलेबाट कुमसोत, पोखरी, कोखे, डेढगाउँ हुँदै तनहुँको मानपुर, भिमाद भएर पोखरा जाने छोटो सडकको ट्र्याक खुलेको छ’, देवचुली नगरपालिका–१२ गैँडीका शेरबहादुर पौडेलले भने, ‘सडकको स्तरोन्नति नहुँदा यात्रा सहज छैन ।’ कुमसोत कटेपछि पोखरीसम्म करिब सात किलोमिटर सडक अत्यन्तै जीर्ण छ । हुप्सेकोट गाउँपालिकाको पाङ्ग्रेमा पहिरो गइरहन्छ । 

‘करिब तीन दशक अगाडि यो ट्र्याक खुलेको हो । अहिलेसम्म स्तरोन्नति गरिएको छैन’, उनले भने। बौदीकाली गाउँपालिकाको पोखरीबाट कोखेसम्म सडक स्तरोन्नति गरिएको छ । ‘पाङ्ग्रेमा बर्खाको बेला सधैँ पहिरो खस्ने गरेको छ’, पौडेलले भने ।  

दलदले–धौवादी सडकखण्ड (देवचुली खण्ड)का सडक निर्माण समितिका अध्यक्ष रामप्रसाद मरासेनीले सडक निर्माण भएको लामो समय हुँदासमेत स्तरोन्नति हुन नसक्नु दुःखद विषय भएको बताएका छन् । ‘हामीले प्रत्येक मुख्यमन्त्रीलाई  सडकको अवस्थाबारे जानकारी गराए पनि आश्वासन मात्रै पाउने गरेका छौँ’, उनले भने।   

सडक स्तरोन्नति गरिए नवलपुरको व्यापार, पर्यटनलगायतका लागि सहज हुन्छ । पहाडी क्षेत्रमा उत्पादन भएका फलफूल तथा कृषिजन्य सामग्री सहजरुपमा बजार लैजान सकिने स्थानीय बताउँछन् । विसं २०४५ मा उक्त सडकको ट्रयाक खोल्ने काम गरिएको थियो । 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ४ : ३० बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन