लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु « Khabarhub

लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

बेरुत- लेबनान–इजरायल सीमामा भएको भिडन्तमा परी ६ जनाको मृत्यु भएको छ । मारिनेमा चार जना हेज्बोल्लाहका लडाकु र दुई जना प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआइजे) अभियानका सदस्य रहेको लेबनानी सैन्य स्रोतले जनाएको छ ।

दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजरायली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा उक्त स्रोतले जनाएको छ ।

दुई अलगअलग इजरायली आक्रमणमा चार हेज्बोल्लाह लडाकु मारिएका हुन् । दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजरायली आक्रमणमा पीआइजेका दुई सदस्यको मृत्यु भएको थियो ।

सैन्य स्रोतका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजरायलले बमबारी गरेको छ । यसैबीच, आफ्ना लडाकुले इजरायलका सात स्थानमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र अन्य एक घाइते भएको हेज्बोल्लाहले बताएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार