राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न « Khabarhub

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बैठकले भोलि देखि काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डासँगै बैठकमा प्रस्तुत हुने  कार्यपत्र र प्रतिवेदनहरू परिमार्जन सहित पास गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ बारे प्रस्तुत राजनीतिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने गरि अनुमोदन गरिएको बैठक पछि महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

भोलिबाट शुरु हुने केन्द्रिय समिति बैठक पर्सि पनि सञ्चालन हुनेछ भने पर्सि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरू सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : १५ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही