एडीबीले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने | Khabarhub Khabarhub

एडीबीले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढाका- एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । राष्ट्रिय अनुकूल योजना (२०२३–२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रिय रूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागू गर्न एडीबीले बङ्गलादेशलाई ऋण सहयोग गर्ने भएको हो ।

शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायु केन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा राष्ट्रिय रूपमा निर्धारित योगदान हो ।

उक्त ऋण साङ्केतिक ७० करोड अमेरिकी डलरको जलवायु उत्थान तथा समावेशी विकास कार्यक्रमको पहिलो हिस्सा हो । यसले बङ्गलादेशलाई उसको जलवायु क्षेत्रलाई संरक्षण गरी कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई मूलधारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा मद्दत गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“जलवायुको झट्काले बङ्गलादेशको विकास र गरिबी उन्मूलनलाई गम्भीर रूपमा अवरोध पुर्‍याइरहेको छ, जलवायु कार्यका लागि वित्तीय व्यवस्थाको धेरै आवश्यकता छ, बङ्गलादेश यो चुनौतीको सामना गर्नका लागि दृढ प्रतिबद्ध छ र एडीबी यो क्षेत्रको जलवायु बैंकका रूपमा बङ्गलादेशलाई उसको प्रयासहरूमा सहयोग गर्न तयार छ”, एडीबीको सार्वजनिक व्यवस्थापनका प्रमुख अर्थशास्त्री अमिनुर रहमानले भने ।

एडीबीले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट बङ्गलादेश विश्वको सबैभन्दा जोखिममा परेको मुलुक भएको र वार्षिक औसतमा तीन अर्ब डलरको नोक्सानी हुने गरेको बताएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ०१ बजे

एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

काठमाडौं- नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट

जापानमा आगलागीमा परी दर्जनौँ कुकुर मरे

टोकियो– जापानको उत्तरी टापु होक्काइडोको प्रजनन केन्द्रमा बुधबार बिहान आगलागी

अर्थसंक्षेप : कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, सरकारले अगाडि बढायो सहकारी सम्बन्धी अध्यादेश

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्थाको रूपमा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

घोराही – दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

…बिहीबारका लागि…मकैको पिठोको फेसप्याक बनाएर लगाउँदा हुन्छन् यस्ता फाइदा 

काठमाडौं– आफ्नो अनुहारलाई चम्किलो बनाउन वा आफ्नो छालालाई बाहिरी रूपमा