‘लाहुरेको रेलिमाई’ का लेखक हितानसँग साक्षात्कार कार्यक्रम सम्पन्न « Khabarhub

‘लाहुरेको रेलिमाई’ का लेखक हितानसँग साक्षात्कार कार्यक्रम सम्पन्न


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको दमौलीमा शनिबार ‘लाहुरेको रेलिमाई’ का लेखक विजय हितानसँग स्रष्टा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

स्रष्टा साक्षात्कार कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले लाहुरे प्रथाको २ सय वर्षभन्दा लामो इतिहासलाई ‘लाहुरेको रेलिमाई’ ले जीवन्त राख्ने बताए । मन्त्री आलेले भने ‘लामो समयको अध्ययन, अनुसन्धान र भ्रमणपश्चात लेखिएको यस उपन्यासको नेपाली साहित्यमा महत्वपूर्ण योगदान रहनेछ ।’

‘लाहुरेको रेलिमाई’ व्यङ्ग्यकार तथा प्रथम गोर्खा राइफल्सका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो । आफ्नो मन्तव्यको क्रममा उपन्यासकार हितानले ‘लाहुरेको रेलीमाई’ लाई प्रस्तुत गर्न पाउँदा आफूलाई खुशी लागेको विचार व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थी, नेपल प्रहरी र सेनाका अधिकृत, भारतीय गोर्खाका भूपू सैनिक, र विभन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ३६ बजे

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई