एमालेको सङ्कल्प यात्रा बागमती प्रदेशमा « Khabarhub

एमालेको सङ्कल्प यात्रा बागमती प्रदेशमा


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

धादिङ – नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बागमती प्रदेश प्रवेश गरेको छ ।

बागमती प्रदेश प्रवेशका क्रममा उक्त टोलीलाई आरुघाटमा भव्य स्वागत गरियो । टोलीलाई पार्टीका नेता तथा कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए । एमाले गण्डकी प्रदेशको टोलीले बागमतीको टोलीलाई झण्डा हस्तान्तरण गरी धादिङ प्रदेश गराएको हो ।

बागमती प्रदेश प्रवेश गर्नुअघि गोरखाको आरुघाटतर्फ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको यस यात्रा लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताए । राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको धादिङको सिमाना आरुघाट हुँदै सल्यानटार उक्लिएर आज दिउँसो सो टोली नुवाकोटतर्फ लागेको थियो । नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो । एक हजार आठ ७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।

सो यात्रामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेतालगायत छन् ।

एमालेको समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मङ्सिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : २९ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता