सिँचाईका लागि पर्याप्त पानीको नपाएको भन्दै पाकिस्तानका किसान आन्दोलित « Khabarhub

सिँचाईका लागि पर्याप्त पानीको नपाएको भन्दै पाकिस्तानका किसान आन्दोलित


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- सरकारले सिँचाईका लागि पर्याप्त पानीको उपलब्ध नगराएको भन्दै पाकिस्तानको पञ्जाब प्रान्तमा किसानहरुले प्रदर्शन गरेका छन् ।

पञ्जाब प्रान्तको आब ए हयात र १ एल नहरमा निर्भर किसानहरुले सिँचाई कार्यालयका इन्जिनियरको कार्यालयअघि भेला भएर प्रदर्शन गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

आब ए हयात र १ एल नहरमा पर्याप्त पानी नआउने भएका कारण आफूहरु समस्यामा परेको प्रदर्शनकारी किसानहरुको भनाइ छ ।

उनीहरुले सरकार र ठेकेदार कम्पनीसँग आफूहरुलाई पर्याप्त मात्रामा पानी उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

सरकारले चोलिस्तान क्षेत्रका साना किसानभन्दा ठूला व्यापारीले लगानी गरेका खेतमा मात्रै पानी दिने गरेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १२ : ०० बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न